जीवनशैली

पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती

जहाँ पानी छैन, त्यहाँ जीवन छैन भन्दा हुन्छ। वनस्पतिदेखि संसारका कुनै पनि प्राणी पानीबिना जिउन सक्दैनन्। पानी हाम्रो जिन्दगानी उखानै छ। मानव जीवनका लागि पानी नभई नहुने कुरा हो। हेर्दा पानीको न त कुनै रंग छ न त कुनै स्वाद नै छ। यहि रंग र स्वादबिनाको तरल पदार्थ ‘पानी’ हाम्रो जीवनका लागि अत्यावश्यक छ।

हामी पानी जतिवेला चाहियो, जति चाहियो त्यति मात्रामा पानी पिउन पिउछौँ। तर शरीरलाई आवश्यक हुन्छ भन्दैमा पानी जथाभावी पिउनु स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन।

हामीले पानी पिउँदा कहिले, कसरी र कति मात्रामा पिउने भन्‍ने कुरा जान्‍नु आवश्यक हुन्छ। पानीका केबल फाइदा मात्रै हुँदैनन्। पानी पिउने उपयुक्त तरिका नजान्दा यसले हाम्रो स्वास्थ्यलाई हानी पनि गर्न सक्छ।

पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। पानी कुनै रोगको उपचार नभएपनि यसले पेटको सफाइ गर्ने काम गर्छ।

मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो। बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक डाक्टरहरूको भनाइ छ।

सामान्य व्यक्तिले दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। पिसाब पहेँलो हुनु हुँदैन। पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ। यदी तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइनकि तिर्खा लाग्नासाथ १ लिटर, २ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बान्ता पनि हुन सक्छ। पेट फुलेजस्तो हुन्छ शरीरलाई असहज हुन्छ।

दिनमा यति पानी पिउने भनेर कुनै नियम छैन । मानिसको शारीरिक बनावटअनुसार पानीको आवश्यकता पर्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा पानी पिउने गर्छन् । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । धेरै गर्मी छ शरीरमा पसीना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ।

त्यसोभए कस्ता व्यक्तिले पानी बढी पिउने त ?

मिर्गौलाको बिरामीले भने पानीको मात्रा बढाउनुपर्छ। मिर्गौलाको बिरामीले एक दिनमा कति पिसाब फेर्छ त्यो भन्दा पाँच सय एमएल बढी पानी पिउनुपर्छ। यस्ता बिरामीले डाक्टरको सल्लाहमा पानीको मात्रा मिलाउनुपर्छ।

मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ। मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ। पखाला लागेको बेलामा पानी यती नै मात्रामा खाने भन्ने हुँदैन। शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ। स्वच्छ पानीले नै हो पखला निको पार्ने। पखाला लागेको मान्छेको शरीरमा पानीको अभाब भएको कारण नै मृत्यु हुन्छ।

अनि पानीचाहीँ कति बेला पिउने ?

एक पटकमा कति पानी पिउने र कति कति बेला पिउने भन्ने जिज्ञासा पनि लाग्न सक्छ। एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ। पानी उठ्ने बित्तीकै पिएको राम्रो हो। सामान्यत सबैले बिहान उठ्नसाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिदैन। तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो।

खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो। शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ। पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ।खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रुच्दैन त्यसैले पानी पिउँनु हुँदैन भनिएको हो तर पिउन नै नहुने त्यस्तो कुनै कारण भने छैन।

पानी कुन समयमा खाने भन्ने केही छैन। तिर्खा लागेको समयमा पिउन सकिन्छ। एकैचोटी धेरै पानी पिउन भने हुँदैन। पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ। काठमाडौंमा बस्नेहरुले दिनमा डेढदेखि दुई लिटरसम्म पानी पिएपनि हुन्छ। धेरै गर्मी छभने पानीको मात्रा बढाउनुपर्छ। पानीको मात्रा बढी भयोभने मष्तिष्कको लागि पनि राम्रो हुन्छ। पानीको अभाब भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ। रक्सी खानुभन्दा पहिला कम्तीमा आधा लिटर पानी खायो भने त्यसको असर कम हुन्छ। भोलिपल्ट ह्याङ पनि कम हुन्छ।

पानीको कारण टाउको दुःखेको कम हुन्छ। पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ। कब्जीयत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ। पानी धेरै खाएमा किड्नीले फिल्टर गर्न समस्या आउन सक्छ।

एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउदा शरीरलाई हानी गर्देन। तर, पानी सफा हुनुपर्छ। पानी तातो चिसो भएर केही फरक पर्देन तर पानी सफा भने हुनुपर्छ। एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउँनु हुँदैन। पानीमा आइस हालेर पिउनु राम्रो मानिदैन।

यती उमेर समूहले  यती पानी पिउने भन्ने केही पनि छैन। पानी सफा हुनुपर्‍यो सकेसम्म उमालेर फिल्टर गरियो भने त्यो धेरै राम्रो हुन्छ। खुट्टा सुनिने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउँनु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ।

तर, स्वच्छ पानी नपिउने हो भने शरीरमा बिभिन्न खाले रोग लाग्छ। पानीको अभावमा नै पखला,ज्वरो र उल्टी हुन्छ। पखला  लागेका व्यक्तिले अझै बढी पानी पिउनुपर्छ। संसारमा पाँच वर्षमुनीका बालबालिकाको ज्यान जाने दोस्रो रोग नै पखला हो। पहिलो रोग भने निमोनिया हो।

त्यसैले पानी पिउँदा यी कुरामा ध्यान दिनुस् 

सफा र स्वच्छ पानी पिउनुस् । अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि नपिउनुस् । पानी सँधै बसेर चुस्की लिँदै पिउनुस् । 

एकै चोटि अत्यधिक पानी नपिउनुस् । १ घण्टामा १ गिलासको दरले पानी पिउन सकिन्छ। दिनको ३–४ लिटर पानी पिउनुपर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नुस्।  खानासँग पानी नपिउनुस् । खाना खानुभन्दा १(२ घण्टा अगाडि  र खाएको १ घण्टापछि मात्र पानी पिउनुस् । थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनुस् । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ । उल्टीपछि पेट दुःखेमा तातो पानी पिउनु लाभदायक हुन्छ । नत्र गलत तरिकाले पानी पिउँदा मृगौला, पेट वा पाचन सम्बन्धी समस्या हुन सक्छ ।

पानी पिउने गलत तरिकाले तपाईंको टाउकोमा टाउको दुख्ने, भारीपन र सुस्ती निम्त्याउन सक्छ । प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । कलेजो कमजोरी, छालाको एलर्जी, कपाल झर्ने, मधुमेह र रक्तचाप समस्या हुन सक्छ ।

त्यसैले यदि तपाईंले पनि पानी पिउँदा गल्ती गरिरहनु भएको हुनसक्छ । त्यसको लागि तपाईंले सावधानी हुनु आवश्यक छ ।

गाउँ सहर डेस्क

तपाईँको मत