लिटल फ्लावरमा स्वास्थ्य परीक्षण
- गाउँ सहर संवाददाता
- १७ जेठ शनिबार, २०८२ | १३:५५:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरप्रालीको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टरहरुबाट विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विविध समस्या भएका करीव २५० विद्यार्थीहरुको नाक, कान घाँटी तथा बाल रोगको स्वास्थ्य परीक्षण गराइएको हो ।
विद्यालयको शैक्षिक सत्र २०८२ को नियमित वार्षिक कार्यक्रम अन्तर्गत शनिवार सम्पन्न भएको उक्त स्वास्थ्य परीक्षणमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर इभा गौचन, नाक, कान घाँटी विशेषज्ञ सह प्राध्यापक डाक्टर आकाशमणि भण्डारी, मेडिकल अफिसर डाक्टर बन्दना सिग्देल, नर्सहरु निसानी खत्री, पूर्णिमा मल्ल लगायतको समूहले परीक्षण गरेको हो ।
विद्यालय संस्थापक देवी प्रधानले स्वागत गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउने प्रयत्नमा आफूहरु रहेको बताइन् । प्रिन्सिपल विकल पौडेलले कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु-याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर पोखराका व्यवस्थापक सुरेशराज सुवेदीले अस्पताल र स्वास्थ्य सेवाका बारेमा जानकारी गराउँदै विद्यालय र अस्पताल वीच सम्झौता गरी विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई समेत विविध सेवामा १० देखि २५ प्रतिशतसम्म आगामी दिनमा छुटको सुविधा दिने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै राइजिङ्ग स्टार युवा कल्बका अध्यक्ष यमप्रसाद गुरुङ्गले स्वास्थ्यको महत्व बुझेर स्वास्थ्य परीक्षण राख्नु सराहनीय कार्य भएको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नं २७ की वडा सदस्य लक्ष्मी विक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङ्गले संयुक्त रुपमा डाक्टरहरुको समूहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी सुरुवात गराइएको कार्यक्रम कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेलले सञ्चालन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस