पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- गाउँ सहर डेस्क
- ३ जेठ शनिबार, २०८२ | ११:५७:०० मा प्रकाशित

पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । मलद्धारबाट निस्किने ग्यास सधै दुर्गन्धित तथा ठूलो आवाज सहितको हुँदैन ।
शोध अनुसार एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्दछ । अधिकांश पटक कुनै आवाज विना नै ग्यास उत्सर्जन हुन्छ । यसरी छाडिने ग्यासमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । यदि तपाइँले छाड्ने ग्यास तिखो गन्ध सहितको छ भने यसबाट बुझ्नुपर्छ की तपाइँले पर्याप्त फाइबर सहितको भोजन लिन पाउनुभएको छ र तपाइँको पेटमा पर्याप्त मात्रामा लाभदायक ब्याक्टेरिया छन् ।
पाद सुन्दा लाज लाग्ने शब्द, तर यही पाद्नु हाम्रो शरीरको संकेत हो । भित्र सब ठिक छैन कि ठिक छ भनेर । पेटभित्र जमेको ग्यास जब बाहिर निस्किन्छ त्यो आवाज, त्यो गन्ध, त्यो लाज सबै हामीले बनाएका सामाजिक पर्दा मात्र हुन् । पाद्नु स्वास्थ्यको संकेत हो । यसले बताउँछ- तपाईंको पाचन क्रिया चलिरहेको छ ।
यदि ग्यास बाहिर आएन भने, त्यो आन्द्रामा दु:ख बनाउँछ, एसिड बनाउँछ, र अन्ततः समस्या बनाउँछ । कसैले ठूलै आवाजमा पाद्छ स्वाभाविक छ । कसैले सानो आवाजमा ठुस्स ठुस्स आवाजमा- लाज मान्छ । गन्ध आउँछ - त्यो खाना अनुसारको रासायनिक प्रक्रिया हो ।
तर लाजको कुरा कहाँबाट आयो ? कसैले थुन्छ, कसैले रोक्छ, कसैले लाज मान्छ, कोही भन्छ– “यत्रो भिडमा कसरी ?” यदि कसैले कसैको सामने या कुनै समूहमा बसेर पाध्याे भने तैँले पादेको तैँले पादेको भनेर झगडा पनि गर्छन् । मैले पादेको भनेर कोही भन्दैनन् उल्टै अनेक गाली गर्छन्, गाली खुवाउँछन् ।
तर थाहा छ ? जापानको एक गाउँमा सार्वजनिक पादमा पुरस्कार दिइन्छ । किनकि त्यहाँ यो शरीरको “स्वस्थ संकेत” मानिन्छ । महिलाले पाध्दा गन्ध धेरै आउँछ भन्ने भ्रम हो । गन्ध महिलाको होइन, खानाको हो, शरीरको प्रक्रिया हो । र ध्यान राख्नुहोस् - पाद्नु स्वाभाविक हो । रोक्नु गलत हो । किनकि रोक्दा ग्यास पेटमै बस्छ र कहिलेकाहीँ समस्या जन्माउँछ । जस्तै: अफारा, कब्जियत, अपच, बेचैनी। जिन्दगी पनि पादजस्तै हो । रोकियो भने विस्फोट हुन्छ, छोडियो भने सन्तोष मिल्छ । त्यसैले स्वस्थ रहनुहोस्, खुलेर हाँस्नुहोस्, र पाद्नुहोस् जब आवश्यक छ ।
शोध अनुसार एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्दछ । अधिकांश पटक कुनै आवाज विना नै ग्यास उत्सर्जन हुन्छ । यसरी छाडिने ग्यासमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । यदि तपाइँले छाड्ने ग्यास तिखो गन्ध सहितको छ भने यसबाट बुझ्नुपर्छ की तपाइँले पर्याप्त फाइबर सहितको भोजन लिन पाउनुभएको छ र तपाइँको पेटमा पर्याप्त मात्रामा लाभदायक ब्याक्टेरिया छन् ।
तर ग्यास निकै दुर्गन्धित छ र सहनै नसक्ने तरिकाले गन्हाउँछ भने चाहीँ यसले राम्रो संकेत गर्दैन । यसको अर्थ हुन्छ तपाइँको पाचन तन्त्र अस्वस्थ छ । यसरी ग्यास बढि गन्हाउनुको अर्थ कारण तपाइँले यस्ता चिजहरु खाइरहनुभएको छ जसले उच्च मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न गरिरहेको छ ।शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । शोधकर्ताका अनुसार केवल ग्यास छाड्नेलाई मात्र होइन ग्यास सुघ्नेलाई पनि फाइदा हुन्छ । पादमा मिसिएर आउने मिथेन ग्यास सुँघ्नाले मानिसमा विभिन्न खाले रोगको खतरा क मगर्दछ । डिमेन्सिया रोगका बिरामीलाई मिथेन ग्यासले निकै लाभ पूराउँदछ । त्यस्तै हाइड्रोजन सल्फाइड ग्यासले पनि डिमेन्सियाका बिरामीको सरिरमा लाभदायक इन्जाइम उत्पादन गर्न सहयोग पूराउँछ ।
आउनुहोस यहि पाद सम्बन्धि केहि रोचक तथ्यहरुको जानकारी लिनुहोस् ।
१. पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।
२. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।
३. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।
४. पादमा ५९ प्रतिशत नाइट्रोज़न, २१ प्रतिशत हाइड्रोज़न, ९ प्रतिशत कार्बनडाइअक्साइड, ७ प्रतिशत मिथेन, ३ प्रतिशत अक्सिजन तथा १ प्रतिशत अन्य तत्वहरु मिसिएको हुन्छ ।
५. पाद्नु स्वास्थ्यको लागी राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।
६. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।
७. अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।
८. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
९. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दबिश्वास थियो ।
१०. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
११. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
१२. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलै संग निभाउन सकिन्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।
१३. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउछ ।
१४. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ उक्त पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।
१५. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।
१६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।
१७. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।
१८. हाम्रो पादलाई रहेको १ प्रतिशत हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
१९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।
२०. चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।
२१. तपाइको पादै पादले भरिएको च्याम्बरमा तपाइलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।
२२. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।
२३. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।
२४. पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब १७,०००,०००,०००,०००,००० पटक पाद्छ ।
२५. कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसाबीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पादसँगै आउदछ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस