गाउँ सहर
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २२ असोज शनिबार, २०७९ | ११:०९:०० मा प्रकाशित
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
मृत्यु हुनेमा गणेश बहादुर शाही, उनका छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही भने पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।
थप विवरण आउन बाँकी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस