विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- गाउँ सहर संवाददाता
- ११ भदौ बिहीबार, २०८३ | २०:१४:०० मा प्रकाशित
काठमाडौँ। कोटेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीले बाढीपहिरो प्रभावित नागरिकको सहयोगका लागि ५१ हजार ५ सय ५ रुपैयाँ प्रदान गरेका छन्।
भदौ १० गते बिहान आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट, गोरखा, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति भएपछि क्याम्पसका शिक्षक तथा कर्मचारीले तत्काल राहतका लागि उक्त रकम संकलन गरेका हुन्।
क्याम्पसका अनुसार संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्याम्पस परिवारले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।
विपत्तिको समयमा एकजुट भई सहयोग गर्नुपर्नेमा जोड दिँदै क्याम्पसले नागरिक समाज, क्याम्पस, प्राध्यापक, विद्यार्थी तथा अभिभावक सबैलाई बाढीपीडितको सहयोगमा जुट्न आह्वान गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस