स्वास्थ्य

काेराेना घट्दाे - डेंगुकाे प्रकाेप बढ्दाे, संक्रमितकाे संख्या १८९५१ पुग्याे

काठमाडाैँ । नेपालमा पछिल्लाे समयमा ३४४७ जनाकाे काेराेना परीक्षण गर्दा नयाँ ८१ जनामा संक्रमण पुष्टि भएकाे छ । साे अवधिमा काेराेनाबाट कसैकाे पनि निधन भएकाे छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा १७५ जनाले स्वास्थ्य लाभ गरेका छन् । अब देशमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या १४८३ रहेकाे छ ।

यता डेंगुकाे प्रकाेपले पछिल्लाे समयमा मात्र १४ जनाकाे निधन भएकाे छ । याेसहित यस राेगबाट २१ जनाकाे निधन भइसकेकाे छ । प्रकाेप ७५ जिल्लामा फैलिसकेकाे छ । साे जिल्लामा ८५ प्रतिशत संक्रमण दर रहेकाे मन्त्रालयले बताएकाे छ ।

मन्त्रालयले सुरक्षाका हरेक उपाय अबलम्बन गर्न सुझाएकाे छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत