विश्व

किन अन्तिम समयमा राेकियाे सबैभन्दा शक्तिशाली चन्द्रमामा पुग्ने रकेट ?

  • एजेन्सी
  • १४ भदौ मंगलबार, २०७९ | ०८:२८:०० मा प्रकाशित

न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नााले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ ।

आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु-याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।

केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ ।

एजेन्सी

तपाईँको मत