प्रविधि

भारतद्वारा चन्द्रयान–३ प्रक्षेपण

  • एजेन्सी
  • २९ असार शुक्रबार, २०८० | १७:४१:०० मा प्रकाशित

नयाँदिल्ली । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका छन् ।

यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए ।

चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो ।

एजेन्सी

तपाईँको मत