राजनीति

केन्द्रीय समिति बैठकमा प्रचण्डकाे गुनासाे : हाम्राे पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो नभएकाले पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए।

उनले भने, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’

केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ ।

 बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका हुन् । 

उनले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत