गत साता सेयर बजारको परिसूचक नेप्से समग्रमा ७६ अंकले घट्याे, काराेबार रकमपनि उस्तै
- गाउँ सहर संवाददाता
- २८ श्रावण शनिबार, २०७९ | ०७:२९:०० मा प्रकाशित

काठमाडौँ । यो साता सेयर बजारको परिसूचक नेप्से समग्रमा ७६ अंक घटेको छ । गत साता २११३ अंकमा रहेको नेप्से यो साता २०३७ अंकमा रहेर बन्द भयो । नेप्से एक दिन बढ्दा ४ दिन घटेको छ ।
साताको पहिलो दिन आइतबार परिसूचक नेप्से १०.२७ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से २१२३ अंकमा पुगेको थियो । दोस्रो दिन सोमबार फेरि नेप्से १७.६७ अंक घटेर २१०६ अंकमा झऱ्यो । मंगलबार ४३.३५ अंक घट्यो भने बुधबार थप ५.११ अंक घटेपछि नेप्से २०५७ अंकमा ओर्लियो । बिहीबार १९ अंक घटेसँगै यो साता २०३७ अंकमा नेप्से राेकियो ।
नेप्सेसँगै कारोबार रकम साताको पछिल्ला दिनमा उच्च दरले घट्यो । आइतबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार २ अर्ब ८५ करोड र मंगलबार २ अर्ब ८१ करोड रुपैयाँको कारोबार भयो । बुधबार १ अर्ब ९३ करोडमा झरेको कारोबार बिहीबार १ अर्ब ७६ करोडमा खुम्चियो ।
कारोबार रकम घट्नुले सेयर खरिदमा लगानीकर्ताको उत्साह नरहेको र बेच्नेहरु पनि धेरै नआत्तिएको संकेत गर्छ । यो साता कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक, हिमालयन एभरेष्ट इन्स्योरेन्स तथा नागरिक लगानी कोष अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस