पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- गाउँ सहर संवाददाता
- २६ बैशाख शुक्रबार, २०८२ | १७:५६:०० मा प्रकाशित

काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ ।
हाल पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थीहरू तथा अन्य नेपाली नागरिकहरूको सुरक्षाप्रति सरकार पूर्ण रूपमा सजग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
हालै पाकिस्तानमा उत्पन्न घटनाक्रमको सन्दर्भमात्यहाँ रहेका आफ्ना नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न आवश्यक सबै कदमहरू चालिरहेको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख छ। राजदूतावासले आपत्कालीन अवस्थामा सहयोग आवश्यक परेमा सम्पर्क गर्न सकिने व्यवस्था समेत विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार राजदूतावासका तृतीय सचिव वृन्दा सुबेदी खड्का आर्सलान मेहमुद मार्फत २४ सै घण्टा सहायता उपलब्ध हुने व्यवस्था गरिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस