बाजागाजा, कला र कलाकार बचाउन मेरो प्रयास सधैँ रहनेछ - मेयर शाह
- गाउँ सहर संवाददाता
- ६ श्रावण शुक्रबार, २०७९ | १७:३७:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले धार्मिक तथा सांस्कृतिक समुदायलाई जातका आधारमा भेदभाव नगरिने बताएका छन् । आज नेपाल खड्गी सेवा समितिको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
महानगरको सभा कक्षमा समितिका अध्यक्ष अन्जिता खड्गीले प्रमुख शाहलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका थिए । त्यस क्रममा प्रमुख शाहले भने, 'बाजागाजा, भाषा, संस्कृति सम्पदा बचाउने नीतिअन्तर्गत हामी काम गरिरहेका छौँ । म आफैँ पनि विभिन्न बाजा बजाउँछु । बाजागाजा, कला र कलाकार बचाउन मेरो प्रयास सधैँ रहनेछ ।'
जात्रा, पर्व तथा सामाजिक गतिविधिका लागि दिइने अनुदानका बिषयमा कुरा गर्दै उनले भने, 'यसका लागि हामी प्रणाली बनाउँछौँ । जुन प्रणालीलाई ब्यक्ति परिवर्तनले फरक नपरोस् ।'
त्यस क्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, 'नेवार समुदायभित्रको सांस्कृतिक विविधता काठमाडौँको सौन्दर्य हो । पहिचान हो । यसलाई जोगाउन महानगरले सबै गुठी गहनालाई समान व्यवहार गर्छ ।' उनले त्यस क्रममा सामाजिक सद्भाव बचाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिन् । हरेक समुदायलाई हामी समान दृष्टिले हेर्छौँ । सबैको महत्वलाई मनन गरेर कार्यक्रमहरुका सन्दर्भमा आन्तरिक छलफल गर्छौँ ।
गएको वर्ष विविध कारणले गुठीहरुले प्राप्त गर्न नसकेको सहयोग महानगरले आर्थिक वर्ष २०७९/०८० मा उपलब्ध गराउनेछ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रतिबद्धता ब्यक्त गरे ।
वर्षौँदेखि समुदायले चलाउँदै आएका गुठीगहना, जात्रा तथा पर्व बचाउन महानगर सहयोग थप्दै जानुपर्ने समितिका संरक्षक मनोज नेवा:खड्गीको भनाई थियो ।
नेवार समुदाय आपसमा मिलेर बसेका छन् । जात्रा पर्वका कामहरु आपसमा बाँडिएका हुन्छन् । समितिका अध्यक्ष खड्गीले भने, 'महानगरले सबैलाई समान सहयोग गर्यो भने मात्र परम्परा धानिन्छ । नत्र परम्पराका अङ्गहरु छुट्दै जान्छन् । त्यो अवस्थालाई महानगरले बचाउनु पर्छ ।'
खड्गी समुदायका ३२ वटा गुठी र नाय खिँ बाजा खलका थकाली र गुरुहरुको प्रतिनिधित्व थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस