संसद्मा प्रधानमन्त्री वालेन्द्रको सम्बोधन: ११ हजार ९९३ जनाको उद्धार
- गाउँ सहर संवाददाता
- १७ भदौ बुधबार, २०८३ | १३:५०:०० मा प्रकाशित
काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीपछि पहिलो पटक प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा सम्बाेधन छन् ।
प्रधानमन्त्री भएयता संसद्लाई बेवास्ता गर्दै आएका उनी विनाशकारी बाढीको सातापछि संसद्मा सम्बोधन गर्न पुगेका हुन् ।
रसुवा बाढीबाट प्रभावित ११ हजार ९९३ जनाको उद्धार भएको जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले तीन हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताए ।
“११ हजार ९९३ को उद्धार गरेका छौँ । तर, पनि तीन हजार ९१६ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये केही बेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ,” उनले भने ।
शाहले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै डीएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताए।
उनले भने, ‘पहिचान भएपछि उहाँहरूले आ-आफ्नो धर्म, संस्कृति अनुसार अन्तिम संस्कार गर्नुहुने नै छ। त्यसैले यस विषयमा भ्रममा नपर्न सबैलाई अनुरोध पनि गर्न चाहन्छु।’
यति ठूलो विपद् पर्दा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै नआउने बताए।
उनले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो।’
विपद्को बेला सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम भइरहेको बताए।
शाहले जलवायु परिवर्तन त्यसकै असरले भोटेकोशीमा बाढी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराउने काम भएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस