स्वास्थ्य
हाल नेपालमा ६ सय ७८ काेराेनाका सक्रिय संक्रमित आइसोलेसनमा
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | १७:२२:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय पिसिआर परीक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको जनाएको छ । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् ।
हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस