नेप्सेकाे राताे यात्रा निरन्तर, ४६.०८ अंकले घट्याे, लगानीकर्ता थप चिन्तामा
- गाउँ सहर संवाददाता
- २१ असार मंगलबार, २०७९ | १५:४७:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको हो ।
आज शेयर बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४३.९० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३१८.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रोमेटर शेयरको भएको छ । यसको आज ३० करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस