कविशिरोमणिको जन्मस्थलमा सिर्जनशीलको रचना वाचन
- विष्णुहरि पाैडेल
- ११ असार शनिबार, २०७९ | १८:२६:०० मा प्रकाशित

पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा महानगरपालिका –२७ अर्घौअर्चलेमा शनिवार सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको नियमित मासिक कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं –२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङले रचना वाचन गरेर कार्यक्रमको शुभारम्भ गर्दै लेखनाथ जन्मस्थललाई बिकसित गर्न थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष योगराज पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले लेखनाथ जन्मस्थल संरक्षण र साहित्यिक अनुसन्धान केन्द्र स्थापनामा भएका पहलहरुबारे जानकारी दिनुका साथै गीत र कविताहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डा जगन्नाथ रेग्मी, डा भोला नारायण रेग्मी, डा लक्ष्मीशरण अधिकारी, डा. भूमिराज बस्ताकोटी , शिव त्रिपाठी, लक्ष्मण थापा, बिष्णु शर्मा, बोधराज गौतम, इन्दु शर्मा पौडेल, हरिराज पौडेल,लोकचन्द्र खनाल, प्रकाश आचार्य, बसन्त पराजुली, सुरज पौडेल, आनन्दमणि रिजाल, माधव खतिवडा, अभिषेक ओझा, बलराम तिमिल्सेना, श्रीराम अधिकारी गोेर्जे, सञ्जीव पौडेल, , तारानाथ पराजुली, हिममाया पौडेल , मदनप्रसाद बरालल लगायतका स्रष्टाले रचना वाचन गरेका थिए ।
उपाध्यक्ष सुलोचना खनालले स्वागत गरेकी थिइन ्भने संस्थाका सचिव टिकाराम आचार्य आरुणीले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाका पूर्व अध्यक्ष दिपेन्द्र पराजुलीले वाचन गरिएका रचनाहरूको समीक्षा एवं विमोचन गरेका कार्यक्रम संयोजक डिल्लीराम पौडेलले जानकारी दिए।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु
- घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास सम्बन्धी गोष्ठी सम्पन्न
- एघारौं पोखरा महोत्सव सम्पन्न
- टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी
- मोशेस र सर्गम कुमाल पुरुष र महिला खुल्ला तौल समुहमा च्याम्पियन
- शान्ति उदय मावि पोखराको ६३ औं वार्षिकोत्सव, गुणस्तरमा जाेड
- दुर्घटनाग्रस्त विमानमा यस्तो रेकड रहने ब्ल्याक बक्स फेला
- विचाैलियाको बिगबिगी भयपछि खुदोको पुर्ख्यौली पेशामा समस्या
- विपी स्मृति पुस्तकालयकाे अध्यक्षमा बास्तोला
- एघारौं पोखरा महोत्सव सुरु : महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्ने मुख्यमन्त्रीकाे भनाइ
प्रतिकृया दिनुहोस