कला

अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) द्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण सम्पन्न

काठमाडाैँ । नेपाली साहित्यलाई विश्व बजारमा परिचित गराउने उद्देश्यले गठन र निर्माण गरिएको (अनेसास) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरि सर्वोत्कृष्ट पुस्तक र सर्जकलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । अनेसास बोर्ड अफ ट्रस्टी (बिओटी) का अध्यक्ष गीता खत्रीको अध्यक्षता एवं संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठको प्रमुख आतिथ्यमा तथा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल अतिथि अनेसास पुरस्कार वितरण समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीको उपस्थितिमा प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथि र सभाध्यक्षले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले आयोजकको तर्फबाट सम्पूर्ण उपस्थित सर्जकहरुलाई स्वगत मन्तब्य राखिएको थियो । मन्तब्यका क्रममा बोल्दै अनेसासको यो भब्य कार्यक्रम नेपलमा सम्पन्न गर्न पाएकोमा संतोष ब्यक्त गरेकी छन् ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण कार्यक्रमा पुरस्कृत हुनुभएका सर्जक साहित्यकारहरु क्रमश उपन्यास बिधामा मैदारोका सर्जक भुपिन खड्काले २१००$ डलर सहित सम्मान पत्र प्राप्त गरेका छन् भने कविता बिधा अन्तर्गत बिर्य जमीनका सर्जक बादल चाम्लिंगले १०००$ साथै कवि गीता कार्की ले आमा (किरणहरुको छाल का निमित्त) राष्ट्रकवि माधव घिमिरे काब्य पुरस्कार १०००$ प्राप्त गरेका छन् उपन्यास बिधामा सर्जक शैलेन्द्र अधिकारीको निर्बेधले अनेसास डिल्लिराम तिमल्सिना पुरस्कार प्राप्त गर्न सफल भयो ।

यसैगरि कथानक अन्तर्गत कथाकार महेश थापाले मरिचिका कथाका लागि अनेसास पदम बिश्वकर्मा कथा पुरस्कार प्राप्त गरेका छन् (स्मरण रहोस् कथाकार थापा २५ वर्षको लाउलाउ खाउखाउको उमेरमा दुर्घटनामा परि अशक्त जीवन बांचिरहेका सर्जक हुन् । यसैगरि निबन्ध बिधमा पत्थरको देवता नामक निबन्ध संग्रहका लागि बिद्या प्रसाद घिमिरेले अनेसास श्याम इन्दिरा कार्की पुरस्कार प्राप्त गरेका छन् । साथै कला संस्कृति अन्तर्गत घोराहीका थारु प्रदर्शनकारी नामक कृतिका सम्युक्त सर्जक डा. गोगिन्द आचार्य र अशोक थारुलाइ सीता शर्मा सर्वाेत्कृष्ट संस्कृति पुरस्कारले पुरस्कृत गरियो ।

गजल बिधा अन्तर्गत गजलकार टीका पौडेल आत्रेयले युगको संघार कृतिका लागि लक्ष्मण सत्याल सर्वोत्कृष्ट ग़ज़ल पुरस्कार ५००$ प्राप्त गरेकी छन् | साथै अनेसास भवन भट्ट बिशिष्ट महिला पुरस्कारबाट साहित्यकार हिरण्यकुमारी पाठकलाई १०००$ प्रदान गरियो । साथै अनेसास कोशी पुरस्कार राशी २०० डलर धनराशिबाट बरिष्ठ साहित्यकार बेञ्जु शर्मालाई प्रदान गरियो । पुरस्कृत हुने साहित्यकार हरुले आफूहरुले निरंतर कर्म गर्दै गएको कुरालाई निर्णायक समितिले उचित मूल्यांकन गरेकोमा संतोष ब्यक्त गर्दै थप योगदानको जिम्मेवारी महशुष गरेको बताएका छन् ।

कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल, अनेसास बिओटी सलाहकार प्रा. डा.खगेन्द् प्रसाद लुईंटेल, प्रा. डा. लक्ष्मण प्रसाद गौतन राधेश्याम लेकाली, पूर्व अध्यक्ष मोहन सिटौला, मूल्यांकनकर्ता प्रा.डा. कृष्णप्रसाद घिमिरे, लीला लुईंटेल का साथै सन्ध्या पहाडी, जलेश्वरी श्रेष्ठ, प्रतिक ढकालको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तब्यका क्रममा बोल्दै अनेसास केन्द्रीय सल्लाहकार प्रा. डा. लक्ष्मण प्रसाद गौतमले नेपाली साहित्यको श्रीबृद्धिका क्रममा साहित्यकार हरुको अहं भूमिका रहने बताउंदै विश्वस्तरमा यसको सहज पहुंच पुर्याउन अनेसासको महत्वपूर्ण योगदान रहनुपर्ने बताएका छन् ।

प्रमुख अतिथि रायन श्रेष्ठवे कार्यक्रममा महिला सहभागिता उल्लेखनीय रहेकोमा सन्तोष ब्यक्त गर्दै हामीले बहुमतको कदर गर्ने हो भने दर्शकदिर्घ लाई सम्मान गर्नुपर्ने कुरामा जोड दिंदै समाज रुपानतरण एवं महिला उत्थानमा सबैले आफ्नो कर्तब्य र जिम्मेवारी निभाउँदै घरघरबाट यथेष्ट मात्रमा योगदान गर्नुपर्ने बताएका छन् । यसैगरि सभाध्यक्ष गीता खत्रीले अनेसासले समयसानदर्भिक र जल्दोबल्दो विषयबस्तुहरुलाई हामी सबै मिलेर प्रसारित गर्नै पर्ने कुरामा जोड दिंदै आफूले सक्दो योगदान गर्ने बताएकी छन् ।

डा. रेणुका सोलु द्वारा संचालन गरिएको उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत