नेपालको प्रतिनिधित्व गर्दै डा.रेणुका सोलु अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) को उपाध्यक्षमा भिड्दै
- गाउँ सहर संवाददाता
- १४ असार मंगलबार, २०७९ | ०९:१८:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली साहित्यलाई विश्व बजारमा परिचित गराउने उद्देश्यले सन १९९१ मा गठन गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आसन्न निर्वाचनमाा नेपालको प्रतिनिधित्व गर्दै रेणुका सोलुका नामले नेपाली साहित्याकाशमा परिचित डा. रेणुका बस्नेत थापाले उपाध्यक्ष पदमा दाबेदारीको घोषणा गरेकी छन् ।
अनेसासको नेपाल च्याप्टरमा सदस्य, उपाध्यक्ष, हुँदै केन्द्रीय सदस्यका रुपमा संस्थालाई पुर्याएको योगदानको सहि मुल्यांकन गर्दै योग्य मानिस सहि ठाउँमा पुग्दा त्यसको प्रतिफल समग्रतामा नेपाली भाषा साहित्यले अन्तर्राष्ट्रिय रुपमा प्रसार र विस्तार हुने मौका पाउनेछ भन्दै शब्दमा ब्यक्त गरिएका प्रतिबद्धता ब्यवहारमा नतिजा सहित प्रमाणित गर्ने अवसर प्राप्तिका लागि सम्पूर्ण साहित्यिक मनहरुमा सबिनय अनुरोध गरेकी छन् ।
अमेरिकामा मुख्यालय रहेको अनेसासको निर्वाचन प्रक्रियामा संसारभरी छरिएर रहेका नेपाली लेखक साहित्यकारहरुलाई एक सुत्रमा गांस्ने अनि नेतृत्व चयनकर्ताहरुका लागि कुम्भ मेलाको रुपमा हेर्ने गरिन्छ ।
नेपाली भाषा साहित्यको विकास र प्रवर्द्वनका लागि अनेसासले ठूलो योगदान पुर्याउँदै आएको भएपनि नेपालमा रहेको केन्द्रीय सचिवालयलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि यसको आफ्नै भौतिक संरचना हुनु जरुरी रहेको यथार्थतालाई सार्थकता दिनुका साथै नेपाली भाषा साहित्यलाई विश्वबजारमा सहज पहुँच पुर्याउन नेतृत्वदायी भूमिका निभाउनका लागि आवश्यक पहल गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान र अनेसाससको समन्वयले नेपाली साहित्यकारका उत्कृष्ट कृतिहरुलाई विभिन्न भाषामा अनुवाद गर्दै नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउन र व्यवस्स्थित गर्नु नै आफ्नो एकमात्र उद्देश्य रहेको बताउँदै त्यसका निमित्त सक्रिय क्रियाशिल रहने बचनबद्धता व्यक्त गरेकी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस