अभियन्ता पुकार बमद्वारा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा
- गाउँ सहर संवाददाता
- २१ जेठ शनिबार, २०७९ | ०८:३०:०० मा प्रकाशित
काठमाडौँ । सामाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । बम स्वर्गीय उज्वल थापासँगै तत्कालिन विवेकशील नेपाली दलका एक जना संस्थापक हुन् ।
बम ०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई निःशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा अग्रणी भूमिकामा थिए ।
२०६९ माघमा सुरु भएको ‘अकुपाइ बालुवाटार’ अभियान, डा. गोविन्द केसीको अभियान, नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार , संविधान कहिले ?’ जस्ता प्रतिरोधका राजनीतिक अभियानमा पनि उनी सहभागी थिए ।
पछिल्लो समय कोरोना महामारीमा सरकारको रवैयाविरुद्ध १२ दिनसम्म आमरण बसेका बमकाे भद्र प्रतिरोधबाट सरकारलाई सुधारेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस