काठमाडाैँमा खसेकाे मत १ लाख ९१ हजार १८६, स्वतन्त्रका वालेन्द्र जित नजिक
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | १०:५६:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा १ लाख ९१ हजार १८६ मत खसेको थियो । अब लगभग ७० हजारको मतपरिणाम आउन बाँकी रहेको देखिन्छ ।
अहिलेसम्म स्वतन्त्रका वालेन्द्र शाह (वालेन) ले ५० हजार ३० मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजा ७६७ र एमालेका केशव स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार १९३ र राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९९६ अनि विवेकशीलकी समीक्षा बास्कोटाले ३४४ मत प्राप्त गरेकी छन् ।
उता उपप्रमुखमा ४६ हजार ३४७ मतका साथ एमालेकी सुनिता डंगोलले ननस्टप लिड गरेकी छन् ।
मतगणना संख्या हेर्दा करिब ७० हजार मतको परीक्षा हुन बाँकी छ । यसमा बदर मत उल्लेख नगर्दापनि यहि गतिमा परिणामले अग्रता लिने हो भने वालेन्द्रको जित निश्चित प्रायः देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस