गाउँ सहर

तिहारको फूलमाला बिक्री हुने काठमाडाैँका यी हुन् ३२ ठाउँ

काठमाडाैँ । तिहारका लागि काठमाडौँ महानगरपालिकाले ३२ ठाउँमा फूलमाला बिक्री स्थल तोकेको छ ।

नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाउँदै महानगरका ३२ ठाउँमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री स्थल निर्धारण गरिएको जानकारी दिएका हुन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन र आयातित वस्तुको निरुत्साहनका लागि यस्तो कदम चालिएको उनको भनाई छ ।

महानगरले तोकेका ३२ स्थान

एन.भी.सेन्टर – नयाँ बानेश्वर, बिग मार्ट – शंखमूल, आइ प्लेक्स मल – नयाँ बानेश्वर, सेल्सबेरी – मध्यबानेश्वर, फोनेक्स टावर – बत्तीसपुतली, तिनकुने चौर – तिनकुने, सिफल चौर – सिफल, एसी कम्प्लेक्स – चाबहिल, चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल, के.एल.टावर पूर्व – चाबहिल, चाबहिल सेन्टर अगाडि – चाबहिल, धर्म चक्र पार्क – स्वयम्भू, कालिमाटी ब्याङ्क्वेट – कालिमाटी, द्यौखेल – कालिमाटी भाटभटेनी – कलङ्की, भ्याली कोल्ड स्टोर – नयाँ बजार, बुद्ध महल – माछापोखरी गुणस्तर खाल्डो – माछापोखरी, वडा ५ अगाडिको डबली – हाँडीगाउँ गणेश मन्दिर डबली – हाँडीगाउँ, कोइराला स्मार्ट – सामाखुशी, वडा २६ सेल्सबेरी – महाराजगञ्ज, बिग मार्ट – गङ्गबु, बिग मार्ट – चपलकारखाना, बिग मार्ट – बालुवाटार, आइटी भवन – कमलादी, वडा २८, स्टार मल – पुतलीसडक, वडा २८, भाटभटेनी – अनामनगर, वडा ९, टेवाल मन्दिर – सुन्धारा, काठमाडौँ महल – सुन्धारा, वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८, बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत