निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन सकेन - राष्ट्रिय मानव अधिकार आयोग
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १९:१८:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ ।
चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनले अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए ।
‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भने, ‘जेष्ठ नागरिक, किरियापुत्री, सुत्केरी, बिरामी, महिला, अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहे पनि हुम्ला, गोर्खालगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल पर भएकाले अघिल्लो दिन हिँडेरसमेत मतदान गर्न केन्द्रमा पुगेको पाइएको छ ।’
आयोगले सप्तरी, काभ्रे, अछाम, कपिलवस्तु, दाङ जिल्लाको विभिन्न मतदान केन्द्रमा मतदान स्थगित गरिएको बताउँदै बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालिकोट, दोलखा, रामेछाप, काभ्रे, सप्तरी, सर्लाही, रौतहट, धनुषा,महोत्तरीसहितका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको र केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस