विश्व

नाइजेरियाको दक्षिणी क्षेत्रकाे अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा १०० जनाको मृत्यु

  • एजेन्सी
  • ११ बैशाख आइतबार, २०७९ | १०:०५:०० मा प्रकाशित

नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार यो विस्फोटन शुक्रबार भएको हो ।

तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरे पनि हताहतको विवरण भने पूर्ण रुपमा दिएको छैन ।

पहिचान नखुल्ने गरी धेरै शवहरू भुइँमा छरपस्ट रहेको र ज्यान जोगाउन भागेकाहरु रुखका हाँगाहरुमा चढेका सञ्चार माध्यमले जनाएको छ । नाइजेरियाका स्थानीय सञ्चार माध्यमले १०० जना भन्दा धेरैको मृत्यु भएको जनाएका छन् ।

यो तेल खानी नाइजेरियाका ठूला तेलखानी मध्ये एक रहेको जनाएका छन् । प्रहरीका अनुसार शुक्रबार अवैध तेल प्रशोधन केन्द्रमा बिस्फोट भएको थियो । जहाँ अपरेटर र उनका संरक्षक व्यापारको लागि भेला हुने गर्दथे ।

 

एजेन्सी

तपाईँको मत