विश्व

सडक दुर्घटनामा चार जनाको मृत्यु, ४३ जना घाइते

एजेन्सी  । सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले जानकारी दिएको छ ।

दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि घटना भएको एजेन्सीले जनाएको छ । 

उक्त दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत