पश्चिम बंगालमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्याे
- एजेन्सी
- २९ पौष बिहीबार, २०७८ | २१:३६:०० मा प्रकाशित

भारत । भारतमा पश्चिम बंगालको जपाईगुडीमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । दुर्घटनामा कम्तिमा ४५ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने बताइएको छ ।
सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
स्थानीय समयअनुसार बिहीबार साँझ करिब पाँच बजे उक्त दुर्घटना भएको हो । राजस्थानको बीकानेरदेखि गुवाहाटी जाँदै गरेको रेल दुर्घटना भएको हो । कैयौँ व्यक्तिहरु अझै रेलभित्र च्यापिएको अवस्थामा हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटना सम्बन्धी पूर्ण विवरण आइसकेको छैन । सुरक्षाकर्मी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।
दुर्घटनालगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई टेलिफोन गरेर दुर्घटनाबारे बुझेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
रेलमा करिब १ हजार २०० यात्रु सवार रहेको बताइएको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
प्रतिकृया दिनुहोस