कांग्रेस महाधिवेन : उपसभापतिको मतगणना आजै, राती १० बजेसम्म नतिजा आउने
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बुधबार, २०७८ | १६:१७:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिको मतगणना आजैबाट शुरू हुने भएको छ ।
अबको करिब एक घण्टाभित्रमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
घिमिरेका अनुसार आज उपसभापतिको मात्र गणना गर्ने र महामन्त्रीको भोली गर्ने तयारी भएको छ । आजै राती १० बजेसम्म उपसभापतिको परिणाम आउने भएको छ ।
महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले बताए ।
गत सोमबार उपसभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।
कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस