अर्थतन्त्र

 मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरुमा सहयाेग 

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । मंसिर महिनामा मात्र बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको छ ।

बैंकले गो.न.पा –०१ दुङ्गासाँघु, ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि रु १७,००० को आर्थिक सहयोग गरेको छ ।

यस सँगै, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई , सोहि आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निशूल्क टेबल टेनिसको तालिम दिन बैंकले रु ४०,००० को आर्थिक सहयोग हस्ताणतरण गरेको छ ।  

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको जनाएकाे छ ।

गाउँ सहर संवाददाता