१७ वर्षीया छात्रालाई बलात्कार गरेकाे आरोपमा शिक्षक पक्राउ
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १३:१७:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेकाे छ । नेपालगञ्जमा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको हाे । पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जानकारी दिएकाे छ ।
नेपालगञ्जको एक टक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बलात्कार गरेका थिए । त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए ।
मंसीर १० गते आफ्नै कोठामा बोलाएर शिक्षक रावलले बलात्कार गरेका थिए । छात्राले आउन नमान्दा भिडियो बाहिर ल्याइदिने धम्की दिने गरेको र मंसीर १० गते साँझ ५ बजेतिर कोठामा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
मंसीर २३ गते छात्राले जाहेरी दिएपछि शिक्षक पक्राउ परेका छन् ।
रावललाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस