१७ वर्षीया छात्रालाई बलात्कार गरेकाे आरोपमा शिक्षक पक्राउ
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १३:१७:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेकाे छ । नेपालगञ्जमा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको हाे । पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जानकारी दिएकाे छ ।
नेपालगञ्जको एक टक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बलात्कार गरेका थिए । त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए ।
मंसीर १० गते आफ्नै कोठामा बोलाएर शिक्षक रावलले बलात्कार गरेका थिए । छात्राले आउन नमान्दा भिडियो बाहिर ल्याइदिने धम्की दिने गरेको र मंसीर १० गते साँझ ५ बजेतिर कोठामा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
मंसीर २३ गते छात्राले जाहेरी दिएपछि शिक्षक पक्राउ परेका छन् ।
रावललाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
प्रतिकृया दिनुहोस