गाउँ सहर
ललितपुर मालपोतका नासु र लेखनदास घुससहित पक्राउ
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०८३ | ११:२३:०० मा प्रकाशित
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो ।
त्यहाँ कार्यरत नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी (लेखन्दास) हरु शैलेन्द्र रानामगर र समिर कटवाल पक्राउ परेका हुन् ।
उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस/रिसवत माग गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको २४ हजार ८९० रूपैयाँ बरामद भएको छ । उनीहरू ललितपुर महानगरपालिका वडा नं ४ स्थित एक होटलबाट पक्राउ परेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
प्रतिकृया दिनुहोस