गाउँ सहर
ललितपुर मालपोतका नासु र लेखनदास घुससहित पक्राउ
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०८३ | ११:२३:०० मा प्रकाशित
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो ।
त्यहाँ कार्यरत नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी (लेखन्दास) हरु शैलेन्द्र रानामगर र समिर कटवाल पक्राउ परेका हुन् ।
उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस/रिसवत माग गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको २४ हजार ८९० रूपैयाँ बरामद भएको छ । उनीहरू ललितपुर महानगरपालिका वडा नं ४ स्थित एक होटलबाट पक्राउ परेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस