त्रिवि प्रश्नपत्र चुहावट, आरोपित पक्राउ, परीक्षा प्रणालीलाई थप सुरक्षित कसरी बनाउने ?
- गाउँ सहर संवाददाता
- १० श्रावण आइतबार, २०८३ | २०:०२:०० मा प्रकाशित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएपमार्फत बाहिरिएको घटनाले शैक्षिक क्षेत्रमा तरंग पैदा गरेको छ।
घटना सार्वजनिक भएपछि नेपाल प्रहरीले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान अघि बढाउँदै मुख्य आरोपित भनिएका दुई जनालाई नियन्त्रणमा लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको पहलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरो परिचालन गरिएको थियो।
यसैबीच, त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिले प्रश्नपत्र बाहिरिनुको कारण, परीक्षा सुरक्षामा भएको कमजोरी र भविष्यमा यस्ता घटना रोक्ने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।
घटनाले विश्वविद्यालयको परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै दोषीमाथि कानुनी कारबाही र परीक्षा प्रणालीलाई थप सुरक्षित बनाउने आवश्यकता औँल्याइएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस