काठमाडौंमा कपिल गोत्रीय पुवार खडका गुठीको आफ्नै भवन, इतिहास संरक्षणका लागि अनुसन्धान केन्द्र
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०८३ | १८:३६:०० मा प्रकाशित
काठमाडौं । नेपालभरका कपिल गोत्रीय पुवार समुदायलाई संगठित गर्ने उद्देश्यले स्थापित पुवार खडका गुठीको आफ्नै भवन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, मुक्तिमार्ग (लाहुरेचोक) मा रहेको छ। गुठीले समुदायको इतिहास, वंशावली, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
लेखक तथा अनुसन्धानकर्ता उद्धव खड्काका अनुसार कपिल गोत्रको पुवार समुदायअन्तर्गत खडका, थापा, बिष्ट, बुढाथोकी, दानी र बोहरा थर पर्दछन्। परम्पराअनुसार यी थरबीच वैवाहिक सम्बन्ध चल्दैन।
उनका अनुसार समुदायको इतिहासको खोज, अध्ययन तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुवार वंश अध्ययन अनुसन्धान केन्द्र, नेपाल स्थापना गरिएको छ। केन्द्रमार्फत समुदायसँग सम्बन्धित ऐतिहासिक सामग्री, वंशावली तथा प्रकाशित लेखहरूको दस्तावेजीकरण भइरहेको छ। साथै, भविष्यमा ऐतिहासिक तथा अनुसन्धानमूलक पुस्तकालय स्थापना गर्ने तयारी पनि भइरहेको उनले बताए। यसबाट समुदायका साथै अन्य अनुसन्धानकर्ता र भावी पुस्तालाई अध्ययन–अनुसन्धानमा सहज हुने विश्वास व्यक्त गरिएको छ।
खड्काका अनुसार नेपाल एकीकरणका वीर योद्धा भक्ति थापा कपिल गोत्रका पुवार थापा हुन्। त्यसैगरी तत्कालीन राजमाता राजेन्द्रलक्ष्मीका सल्लाहकार सुबुद्धी खडका पनि कपिल गोत्रका पुवार खडका रहेको र उनका सन्तान हाल सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्दै आएको उल्लेख पाइन्छ।
गुठी परिसरमा गणेश, कपिलेश्वर महादेव, कात्यायनी भगवती, महांकाल, नारायण, हनुमान तथा कपिल ऋषिको मन्दिर रहेका छन्।
२०५४ सालमा काठमाडाैं जिल्ला प्रशासनमा दर्ता भएर पुवार खड्का गुठी सञ्चालनमा छ । यसअघि वि.सं. २०६२/२०६३ मा पुवार खडका गुठीको पूर्वाञ्चल क्षेत्रीय उपसमितिले पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रका कपिल गोत्रीय पुवार खडकाहरूको वंशावली समेटिएको पुस्तक प्रकाशन गरेको थियो। उक्त प्रकाशन समुदायको इतिहास संरक्षणका लागि महत्वपूर्ण दस्तावेज मानिएको छ।
लेखक तथा अनुसन्धानकर्ता उद्धव खड्काले समुदायको इतिहास, परम्परा र वंशावलीलाई तथ्यमा आधारित रूपमा संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउन अनुसन्धान, अभिलेखीकरण र प्रकाशनका कार्यलाई अझ व्यवस्थित रूपमा अघि बढाइने जानकारी दिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस