गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- गाउँ सहर संवाददाता
- १३ कार्तिक शुक्रबार, २०८३ | १६:३६:०० मा प्रकाशित
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)लाई निलम्बन गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो ।
सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संस्थाले मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लंघन गरेको जनाएको छ ।
साथै, संस्थाका पदाधिकारीहरूबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि भएको पनि मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो ।
तर, पटक–पटक निर्देशन दिँदा समेत पालना नभएपछि संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले सूचना जारी भएपछि एनप्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने चेतावनी समेत दिएको छ । त्यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
प्रतिकृया दिनुहोस