राजनीति

निर्वाचन अपडेट : १४५० मत खस्यो

काठमाडाैं । कांग्रेसको १४औँ महाधिवेशनका लागि भएको मतदानमा १४५० मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ :३० बजेसम्म १४५० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिएका छन् ।

कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।

गाउँ सहर संवाददाता