लागुऔषधसहित चार जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १६:१५:०० मा प्रकाशित

काठमाडाैं । लागुऔषधसहित चार जना पक्राउ परेका छन् । सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सुनसरीको इनरुवा नगरपालिका–३ बाट सुनसरी प्रहरीले चेकजाँच गर्ने क्रममा भोक्राह नरसिंह–५ का २० वर्षीय सरोज मन्सुरी र २१ वर्षीय हारुण मन्सुरीको साथबाट खैरो हिरोइन ४ ग्राम ८ सय ५० मिलिग्रामसहित दुवैलाई नियन्त्रणमा लिएको हो ।
यस्तै प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीन राईका अनुसार इटहरी उपमहानगरपालिका–४ मा टीका राईको घरमा जाँच गर्ने क्रममा प्रहरीले लागुऔषध डाइजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभिल १० एम्पुलसहित घरधनी राई र १९ वर्षीय धनकुमार राई पक्राउ परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस