खेल

एकदिवसीय कप्तानमा रोहित शर्मा नियुक्त

काठमाडाैं । दक्षिण अफ्रिका भ्रमणका लागि टेष्ट टोलीको घोषणासँगै बीसीसीआईले रोहित शर्मालाई कप्तानमा नियुक्त गर्ने घोषणा गरेको छ । अब विराट कोहलीले रोहित शर्माको कप्तानीमा टी–२० र ओडीआई खेल्ने छन् ।

कोहलीले दक्षिण अफ्रिकामा टेस्ट टोलीको नेतृत्व गर्नेछन् भने र शर्मा टोलीको नयाँ उपकप्तान हुनेछन् ।

दक्षिण अफ्रिकामा हुने तीन टेष्टको शृंखलाका लागि भारतीय छनोटकर्ताले १८ सदस्यीय टोली घोषणा गरेका छन् । चयनकर्ताले टोलीको कप्तान परिवर्तन नगरेपनि उपकप्तान अजिंक्य रहाणेको स्थानमा रोहित शर्मालाई दिइएको छ ।

गाउँ सहर संवाददाता