सुदूरपश्चिमले लगातार तीन खेल जित्दा पाैडेलकाे कप्तानीमा रहेकाे लुम्बिनीको लगातार तेस्रो हार
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर शनिबार, २०८१ | १३:१२:०० मा प्रकाशित

काठमाडौं । लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा निरन्तर तेस्रो हार बेहारेको छ ।
लुम्बिनीले हारको श्रृंखलालाई तेस्रो खेलमा रोक्न सकेन । लुम्बिनी शनिवार सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । लगातार तेस्रो खेल हार्ने पहिलो लुम्बिनी एक्लो टोली हो। सुदूरपश्चिम लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
१ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र जोड्यो ।
लुम्बिनीका विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक विवेकले ४१ बलमा पूरा गरेका थिए । सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे ।
दिनेश अधिकारीले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पहिलो दुवै खेलमा खराब बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा लुम्बिनीले यो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्यो ।
सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले समान ३ तथा स्कट कुगेलेनले २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको बलियो योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि सेफले सर्वाधिक ९० रन जोडे । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । रेमन सिमोण्डको बलमा सेफ उमुक्त चन्दबाट समातिए । सेफ आउट भए लगत्त क्रिजमा आएका आरिफ शेख अर्को बलमा नै आउट भए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए । ब्रेन्डन मक्मेलनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन जोडे । उनी विवेक यादवको बलमा साद विन जाफरको बलमा क्याच आउट भए ।
विनोद भन्डारी १३ बलमा १७ रन जोड्दै लुम्बिनीका कप्तान रोहितको बलमा क्याच आउट भए । विनोद ठूलो सट खेल्ने प्रयासमा बाउन्ड्री नजिक सन्दीप जोराबाट समातिए । लुम्बिनीका लागि रेमन सिमोण्डले २ तथा रोहित र विवेकले समान १ विकेट लिए ।
लुम्बिनी अंकविहिन छ । यसअघि टोली विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।
शीर्ष स्थानको सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । जनकपुर बोल्ट्सले पनि यसअघि लगातार ३ खेल जितेको थियो।
आज दोस्रो खेलमा विराटनगर र कर्णाली याक्स भिड्दै छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस