अरू भेरियन्ट भन्दा ओमिक्रोन कति खतरा ?
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १५:४३:०० मा प्रकाशित

काठमाडाैं । ओमिक्रोन अरू भेरियन्टभन्दा खतरनाक नदेखिएको वैज्ञानिकहरूले बताएका छन् । पछिल्लो समय संसारभरि तरंग ल्याएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पहिलाका भेरियन्टभन्दा खतरनाक नभएको विज्ञहरूकाे भनाइ छ ।
अहिलेसम्मका डाटा हेर्दा ओमिक्रोन निकै संक्रामक भए पनि यो डेल्टा वा अरू भेरियन्टभन्दा खतरनाक नदेखिएको समाचार संस्था एएफपीसँग कुरा गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का आपतकालीन परिस्थिति निर्देशक माइकल र्यानले जानकारी दिएका छन् ।
उनले अहिले प्रयोग भइरहेका भ्याक्सिनहरूले ओमिक्रोनविरूद्ध पनि काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
ओमिक्रोन कति खतरापूर्ण छ भन्ने कुरा टुंगोमा पुग्न भने विस्तृत अध्ययनहरू गर्नुपर्ने र्यानले बताएका छन् ।
र्यानको जस्तै धारणा अमेरिकी सरकारका मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले पनि व्यक्त गरेका छन् । ओमिक्रोन बढी संक्रामक भए पनि दक्षिण अफ्रिकाबाट आएका प्रारम्भिक अध्ययनहरूले यसले बिरामीलाई डेल्टाले जति सिकिस्त नपार्ने देखिएको फाउचीको भनाइ छ ।
ओमिक्रोनका चुनौतीबारे विज्ञहरूमाझ आमसहमति हुन भने संसारभरिबाट धेरै डाटाहरू संकलन गर्नुपर्ने उनले बताए ।
ओमिक्रोन भेरियन्ट पहिलो पटक देखिएको दक्षिण अफ्रिकामा भएका प्रारम्भिक अनुसन्धानले ओमिक्रोन बढी संक्रामक भए पनि यो बिरामीलाई सिकिस्त नपार्ने खालको देखाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस