बिज एजुकेशनको आयोजनामा नेपाली वैज्ञानिक महावीर पुनलाई युकेको युनिभर्सिटीमा सम्मान
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | १५:०९:०० मा प्रकाशित

काठमाडाैं । युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा एक भब्य कार्यक्रमका बिच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा. महाविर पुन मगरलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा डा.पुनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । डा. पुनले नेपालको खोज अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफल स्वरुप सम्मान गरिएको हो ।
उक्त अवसरमा डा. पुनसगं अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा डा. पुनले आफ्नो कामहरु भिडियो मार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ - नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए ।
कार्यक्रममा उपस्थित विद्यार्थी एवम् अन्य सहभागीहरुले राष्ट्रिय आविष्कार केन्द्र र महाविर पुनको बारेमा जिज्ञासा एवम् टिप्पणीहरु राखेका थिए । सो कार्यक्रमका आयोजक समेत रहेका बिज एजुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक हरि कार्कीले कार्यक्रममा सहभागी सम्पूणलाई धन्यवाद व्यक्त गर्दै डा. महाविर पुनको स्वागत एवम् सम्मान गरेका थिए । युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर र बिज एजुकेशनले राष्ट्रिय आविष्कार केन्द्रलाई अनुसन्धान र विकासका लागी आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल एजुकेशन काउन्सील युकेका पदाधिकारीहरु बसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाल लगायत सयौँको उपस्थिति रहेको थियो । नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस