बिज एजुकेशनको आयोजनामा नेपाली वैज्ञानिक महावीर पुनलाई युकेको युनिभर्सिटीमा सम्मान
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | १५:०९:०० मा प्रकाशित
काठमाडाैं । युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा एक भब्य कार्यक्रमका बिच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा. महाविर पुन मगरलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा डा.पुनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । डा. पुनले नेपालको खोज अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफल स्वरुप सम्मान गरिएको हो ।
उक्त अवसरमा डा. पुनसगं अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा डा. पुनले आफ्नो कामहरु भिडियो मार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ - नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए ।
कार्यक्रममा उपस्थित विद्यार्थी एवम् अन्य सहभागीहरुले राष्ट्रिय आविष्कार केन्द्र र महाविर पुनको बारेमा जिज्ञासा एवम् टिप्पणीहरु राखेका थिए । सो कार्यक्रमका आयोजक समेत रहेका बिज एजुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक हरि कार्कीले कार्यक्रममा सहभागी सम्पूणलाई धन्यवाद व्यक्त गर्दै डा. महाविर पुनको स्वागत एवम् सम्मान गरेका थिए । युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर र बिज एजुकेशनले राष्ट्रिय आविष्कार केन्द्रलाई अनुसन्धान र विकासका लागी आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल एजुकेशन काउन्सील युकेका पदाधिकारीहरु बसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाल लगायत सयौँको उपस्थिति रहेको थियो । नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस