एफएनसीसीआई र नास्टबीच देशको औद्योगिक विकासका लागि छलफल
- गाउँ सहर संवाददाता
- २४ पौष बुधबार, २०८१ | १९:३९:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बीचमा देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि छलफल भएको छ ।
नाष्टका तर्फबाट महासंघसंग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लयागतका विषयमा मंगलवार महासंघ सचिवनालयमा छलफल भएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाको नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई ) का अध्यक्ष चन्द्र प्रसाद ढकालसंग छलफल गरेको थियो ।
सो अवसरमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्ग, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघ संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रमहरुको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका गर्न सक्ने विषयमा छलफल भएको थियो ।
यस्तै, उद्योगको प्रायोजनमा उद्योगले इच्छा गरेको क्षेत्रमा नास्टवाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनमा सहकार्य गर्न सकिने नास्टको टोलीको धारणा छ ।
सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे । “निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना देशको समग्र विकासका लागि आवश्यक कुराहरु हुन् । यसमा सहकार्य गर्ने महासंघ सकारात्मक नै छ । यसमा थप अधध्ययन गरेर ठोस काम गर्न सकिन्छ ।” उनले भने ।
यस्तै (नास्ट) का उपकुलपति प्रा.डा. दिलीप सुब्बाले नास्टले दुइ संस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने उल्लेख गरे ।
“हामीसँग वैज्ञानिकहरुको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरु सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । र यसको लागि महासंघ नै उपयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ ।” उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनमा देखिएको भाइरसबाट आत्तिनु पर्दैन, हल्लाको पछि नलाग्नू : स्वास्थ्य मन्त्रालय
- कस्तो छ आज दिनभरिको मौसम
- मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किमि कालोपत्र
- रिलायबल नेपाल लाइफद्वारा १५ लाख बिमा दाबी भुक्तानी
- तिब्बतमा भूकम्पपछि ६ सय ४६ पराकम्पन, जमिन १.६ मिटर तल भासियो
- तराईमा हुस्सु, सवारी आवागमन प्रभावित, उच्च हिमाली भेगमा हिमपात
- एक वर्षपछि महाधिवेशन, ६ महिना राजनीतिक अभियान गर्ने माओवादी केन्द्रको निर्णय
- तिब्बत भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते
- ग्लोबल आइएमई बैंकद्वारा १८ हजार वृक्षरोपण गर्ने घोषणा
- नेपाल-चीन सिमानामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का
प्रतिकृया दिनुहोस