‘शोध लेखन र वैज्ञानिक अनुसन्धानमा सहकार्य’ विषयक कार्यशाला सम्पन्न
- गाउँ सहर संवाददाता
- ८ जेठ सोमबार, २०८० | १०:४५:०० मा प्रकाशित

काठमाडौँ । लेखन र शिक्षण पद्धतिमा वैज्ञानिकता ल्याउने उद्धेश्यले पाँच दिने कार्यशाला गोष्ठी दुई चरणमा सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागद्वारा शोध लेखनमा प्रभावकारीता र वैज्ञानिक अनुसन्धानमा सहकार्य नामक कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
यस अन्तर्गत पहिलो चरणमा ‘इफेक्टिभ थेसिस राइटिङ्ग गाइडलाइन’ कार्यशाला गोष्ठी जेष्ठ १ देखि ४ सम्म पाँच दिन चलेको थियो भने दोस्रो चरणको कार्यशाला जेष्ठ ४ देखि ८ गतेसम्म पाँच दिन नै संचालन भएको थियो ।
पहिलो चरणको गोष्ठीको उद्घाटन त्रिवि मानविकी तथा सामाजिक संकायका डिन प्रा.डा. कुशुम शाक्यले गरेकी थिइन् भने दोस्रो चरणको गोष्ठीको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देव राज अधिकारीले गरेका थिए ।
उद्घाटन सत्रमा प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देव राज अधिकारीले अहिले राज्यले अनुसन्धानको क्षेत्रमा बजेट वृद्धि गर्दै अनुसन्धानलाई प्राथमिकता दिएको धारणा व्यक्त गर्दै आयोगमार्फत निरन्तर शैक्षिक अनुसन्धानलाई साना तथा ठूला ग्रान्ट प्रदान गर्दै आएको बताए ।
यस्तै विशेष अतिथि त्रिवि मानविकी तथा सामाजिक संकायका डिन प्रा.डा. कुशुम शाक्यले विश्वविद्यालयमा गुणस्तरीय अनुसन्धान गराई अनुसन्धानबाट आएको नतिजाले राज्यको नीति निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।
गोष्ठीले देशैभरका प्राध्यापकहरुले शोध लेखन र संरचनाको एकरुपता कसरी ल्याउन सकिन्छ र सहकार्यमा प्राज्ञिक लेखन व्यवस्थित र त्यसको महत्व कसरी बढाउन सकिन्छ भन्ने विषयवस्तुलाई समेटेर यो कार्यशाला गोष्ठीको आयोजना गरिएको आयोजक ग्रामीण विकास विभागका विभागीय प्रमुख सह प्राध्यापक विष्णु बहादुर केसीले बताए । उनले भने, ‘सहभागी प्राध्यापकहरुले समयानुसारको सूचना प्रविधि मैत्री तालिम प्राप्त गरेका छन् । यसको कार्यान्वयनले आगामी दिनमा विश्वविद्यालयमा प्राज्ञिक लेखनमा थप योगदान पुग्ने विश्वास लिइएको छ ।’
गोष्ठीले लेखन शैली, जालसाजी, वौद्धिक चोरीमा कमी ल्याई प्राज्ञिक क्षेत्रमा समयानुसार परिमार्जित हुने सहभागीले बताएका छन् ।
सहकार्यमा अनुसन्धान र सहकार्यमा लेखनको प्राविधिक र प्राज्ञिक ज्ञान लिएको र पछिल्ला दिनमा यसको प्रयोग बढाउनुपर्ने रहेछ भन्ने ज्ञान गोष्ठीबाट प्राप्त गरेको पद्मकन्या बहुमुखी क्याम्पसकी उप—प्राध्यापक पार्वता देवी कार्कीले बताइन् । उनले भनिन्, ‘प्राज्ञिक लेखनमा अवैधानिक लेखन बढ्दै गएको र यसले व्यक्तिगत र संस्थागत प्राज्ञिक उन्नयनमा पारेको असरको बारेमा यो कार्यक्रमले थप सचेत बनाउन मद्यत गरेको छ ।’
सहभागी के एण्ड के कलेजका शिक्षक नर कुमार चौहानले भने, ‘सहकार्यमा कसरी अनुसन्धान गर्नुपर्ने रहेछ, अनुसन्धानमुलक लेखन प्रकाशनमा कस्तो जर्नल छनौट गर्नुपर्ने रहेछ र कसरी अनुसन्धानमुलक कार्यलाई बढी भन्दा बढी वैज्ञानिक र गुणस्तरीय बनाउन सकिन्छ, यो कुरा सिकेँ ।’
सहभागीमध्ये पाटन बहुमुखी क्याम्पसका उप—प्राध्यापक भवदत्त सापकोटाले सैद्धान्तिक र व्यवहारिक ज्ञानको श्रवण गरिएको बताए । उनले भने, ‘एकाडेमिक कम्युनिटीमा आत्मसात गर्नुपर्ने इथिक्स, ट्रष्ट, इन्टिग्रिटी र मोरालिटीलाई अक्षुण राख्नुपर्ने ज्ञान सिकीयो ।’ उनले थप भने, ‘शिक्षण सिकाई क्रियाकलापमा प्रविधिको प्रयोगबाट गुणस्तरीय शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने देखिन्छ ।’
अर्किड कलेजकी उप प्राध्यापक सुस्मिता पाण्डेले अनुसन्धानमा सहकार्य किन गर्नुपर्ने रहेछ, कसरी गर्नुपर्ने रहेछ र अवलम्बन गरिने विधिलाई आत्मसात गरेको बताइन् । उनले भनिन्, ‘प्रिडेटोरी जर्नल कसरी चिन्ने र कस्तो जर्नलमा रिसर्च आर्टिकल पठाउने भन्ने कुराको ज्ञान लिएँ ।’
ववई बहुमुखी क्याम्पस बर्दियाका उप—प्राध्यापक हेमन्तराज अधिकारीले सहकार्यात्मक अनुसन्धान र फेक जर्नलको बारेमा स्पष्ट ज्ञान लिएको बताए ।
यस्तै त्रिवि पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत नोदनाथ त्रितालले अनुसन्धान प्रक्रियामा विभिन्न सफ्टवेयरको प्रयोग गरी तथ्यांक विश्लेषण गर्न जानकारी भएकोले तालिम उपयोगी भएको बताए ।
कार्यशाला गोष्ठीमा देशैभरका ४० बढी प्राध्यापकहरुको उपस्थिति थियो भने विभिन्न सत्रमा ३० भन्दा बढी विज्ञहरुद्वारा प्रशिक्षण गराइएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस