मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा सात जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर मंगलबार, २०७८ | १५:५१:०० मा प्रकाशित
काठमाडाैं । काठमाडाैंमा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाइ नियन्त्रणमा लिएकाे छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गएराति काठमाडौँको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् ।
उनले भने, ‘बेलुका बबरमहलबाट चोरेको मोटरसाइकल चोरसहित हामीले पक्राउ गर्न सफल भयौँ । यो ७ जना भनेको चाहीँ काठमाडौँको ठूलै गिरोह हो । बाँकी अनुसन्धानको पाटो भएकाले उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’
त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस