टिपरको ठक्करबाट दुईको मृत्यु
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १५:५०:०० मा प्रकाशित
काठमाडाैं । टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । प्यूठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा प्यूठान नगरपालिका- ३ घुर्चनेका ३५ वर्षिय अमृत थापा र उनका ४ वर्षीय छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्यूठानको माण्डवी गाउँपालिका- ५ स्थित चकचके-चेरनेटा सडकखण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै थिए ।
दुर्घटनामा अटोमा सवार अन्य चार जना घाइते छन् । घाइतेहरुमा प्यूठान नगरपालिका- ३ बस्ने वर्ष ८ की दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा रहेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस