अध्यक्षको दौडबाट पछि हट्न थापालाई लिङ्देनको आग्रह
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बुधबार, २०७८ | १३:४५:०० मा प्रकाशित

काठमाडाैं । राप्रपाका महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्वले पार्टीकै अस्तित्व संकटमा पारेको आरोप लगाएका छन् ।
भृकुटीमण्डपमा भइरहेको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीले तीन प्रतिशतसम्म मत ल्याउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेकोमा राेष व्यक्त गरेका छन् ।
सरकारमा जाने र पार्टीको हैसियत गिराउने कामले राष्ट्रिय पार्टी बन्न नसकेको बताउँदै उनले कमल थापालाई अध्यक्षको दौडबाट हटेर आफूलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले आफूलाई समर्थन गरिसकेको घुमाउरोशैलीमा जानकारी दिँदै लिङ्देनले अध्यक्षयको पार्टीमा अझै भूमिका रहेको भए पनि नेतृत्व नयाँ पुस्तामा जानुपर्ने बताउँदै आफूलाई सहयोग गर्न थापासँग आग्रह गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस