नेप्सेमा साढे २१ अंकको गिरावट, चार अर्बको कारोबार
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १५:३९:०० मा प्रकाशित

काठमाडाैं । साताकाे दाेस्राे दिन पनि सेयर बजार परिसूचक (नेप्से) मा २१ अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन अर्थात् गत आइतबार ८० अंक माथिले घटेको बजारमा दोस्रो दिन पनि २१.५१ अंकको गिरावट आएको नेप्सेले जनाएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घट्दै २६ सय २९.९७ विन्दुमा झरेको छ । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.९२ अंकले घट्दै ४९५.५३ विन्दुमा झरेको छ ।
आज हाइड्रोपावर र म्युचुअल फन्ड दुई उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । साढे २१ अंकले घटेको बजारमा आज ४ अर्ब ८९ लाख रुपैयाँको कारोबार भएको छ । गत आइतबार ८०.२९ अंकले घटेको बजारमा ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस