नेप्सेमा साढे २१ अंकको गिरावट, चार अर्बको कारोबार
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १५:३९:०० मा प्रकाशित
काठमाडाैं । साताकाे दाेस्राे दिन पनि सेयर बजार परिसूचक (नेप्से) मा २१ अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन अर्थात् गत आइतबार ८० अंक माथिले घटेको बजारमा दोस्रो दिन पनि २१.५१ अंकको गिरावट आएको नेप्सेले जनाएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घट्दै २६ सय २९.९७ विन्दुमा झरेको छ । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.९२ अंकले घट्दै ४९५.५३ विन्दुमा झरेको छ ।
आज हाइड्रोपावर र म्युचुअल फन्ड दुई उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । साढे २१ अंकले घटेको बजारमा आज ४ अर्ब ८९ लाख रुपैयाँको कारोबार भएको छ । गत आइतबार ८०.२९ अंकले घटेको बजारमा ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस