आईसीसी महिला टी–ट्वान्टी विश्वकप : नेपालले कुवेतलाई ९ विकेटले हरायाे
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १४:२१:०० मा प्रकाशित
काठमाडाैं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।
कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् ।
कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा अल आउट हुदै जम्मा २७ रन जोडेको थियो ।
कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन ।
कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे ।
करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए ।
नेपालले यस अघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको थियो ।
कुवेतले भने अघिल्ला दुबै खेलमा पराजय भोगेको छ । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्योहोरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस