चारदेशीय टी–ट्वान्टी सिरिज खेलमा नेपालले युएईलाई जित्न सकेन
- गाउँ सहर संवाददाता
- २९ माघ शनिबार, २०७८ | १५:४१:०० मा प्रकाशित

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आज भएकाे खेलमा नेपालले युएईलाई जित्न सकेन ।
ओमानको मस्कटमा भएको खेलमा नेपालले युएईविरुद्ध २५ रनको पराजय भोगेको छ ।
युएईले दिएको १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन जोड्न सक्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे भने डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे । बमले दुई चौका र दुई छक्का हिर्काए ।
आसिफ शेखले २९ बलमा ३४ रन, ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन, आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे ।
युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस