आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुने नेपालकाे चाहनामा युएई बाधक
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १८:५७:०० मा प्रकाशित

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुने नेपालकाे चाहना युएईले राेकिदिएकाे छ ।
विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपालमा नेपालले पाएकाे १ सय ७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गर्दा १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे । विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् ।
युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे । जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
नेपाललाई हराएको युएई भने अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस