टी–ट्वान्टी क्रिकेट फिक्सिङ निष्कर्ष सहितको प्रतिवेदन : सञ्चालक नै संलग्न रहेको आशंका
- गाउँ सहर संवाददाता
- ९ माघ सोमबार, २०७९ | १६:५६:०० मा प्रकाशित
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमको समितिले नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो ।
प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ ।
सीआईबीको टोलीले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपी पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी लाइ पक्राउ गरेको छ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको सो रकम खेलाडीहरुको खातामा जम्मा भएको देखिएको प्रारम्भिक छानविनबाट थाहा भएको छ ।
नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । लिगमा स्पट फिक्सिङ भएको खबर बाहिरिएपछि सीआईबीले अनुसन्धान थालेको थियो ।
आलम र अन्सारी बाहेक अन्य क्रिकेटरहरुपनि पक्राउ पर्नसक्ने सम्भावना छ । समितिले स्पष्ट फिक्सिङ भएको तथ्यसहित थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस