कांग्रेस महाधिवेशन प्रतिनिधिमा देउवा निर्वाचित, आरजु सर्वसम्मत
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १२:४०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल सात सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए । उनका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा आठ सय ४६ मत खसेको थियो। उनले शतप्रतिशत मत भने पाएनन् ।
महाधिवेशन प्रतिनिधिको खुलातर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुवर भट्ट र सुरेशराज जोशी विजयी भएका छन् ।
डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा आरजु राणा देउवा सर्वसम्मत चयन भएकी छन् । खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्नराज भट्ट निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन् ।
दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत भएका छन् ।
समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपांगता अल्पसंख्यकतर्फ जयप्रकाश भट्ट सर्वसम्मत चयन भएकाे केन्द्रीय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस