कांग्रेसको १५औँ महाधिवेशन आज
- गाउँ सहर संवाददाता
- १८ असोज आइतबार, २०८३ | ०७:५०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट काठमाडौँको खुलामञ्चमा सुरु हुँदै छ।
महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे हुने कार्यक्रम छ।महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने कार्यतालिका छ।
महाधिवेशन सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन्। यो सहभागीतालाई कांग्रेसले अहिलेसम्मकै सबैभन्दा बढी भनेको छ। महाधिवेशनमा देशका ७७ वटै जिल्ला र विदेशमा रहेका जनसम्पर्क समितिबाट प्रतिनिधिहरु काठमाडौँ आएका छन्।
महाधिवेशनका लागि काठमाडौँको खुलामञ्च सजाइएको छ। कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा खुलामञ्चमा गर्ने तयारी छ।
महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दल शीर्ष नेताहरुको पनि सहभागिता हुने कांग्रेसले जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उद्घाटनसत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने छन्।
यस्तै श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम न्यौपाने उद्घाटन कार्यक्रममा सहभागी हुने निश्चित भएको उनले बताए।
कांग्रेसको यो महाधिवेशनले पार्टीको नयाँ नीति र नेतृत्व चयन गर्ने छ। कांगेस सभापतिमा गगन थापा चयन हुने निश्चित प्राय छ। तर, सभापतिबाहेकका अन्य पदमा भने कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागिताका लागि सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन्।
शनिबार साँझ सभापति थापाको निमन्त्रणापत्र बोकेर सहमहामन्त्री योगेन्द्र चौधरी र कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुगेका थिए।
निमन्त्रणा पत्र बोकेर चुनदेवी पुगेका दुवै नेतालाई देउवाले भेट दिएनन्।
कांग्रेसको संस्थापन पक्ष आजदेखि १५औं महाधिवेशनमा लाग्दा देउवा पक्षले भने मंसिरमा छुट्टै महाधिवेशनका कार्यक्रम अगाडि बढाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
- ऐतिहासिक खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ५० हजार युवा नेतृत्वमा आउँदै
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
प्रतिकृया दिनुहोस